उर्लाबारी । नेपाली कांग्रेसका नेता एंम साविक राजघाट गाविसका पार्टी सभापति स्व. पुण्यप्रसाद पौडेलको स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीले श्रद्धाञ्जली सभा गरेको छ ।
आज उर्लाबारी नगरपालिका वडा नम्वर ९ मा रहेको जि.पी भवनमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी पौडेलले पार्टीमा गरेका योगदानहरुको बारेमा चर्चा गरीएको थियो ।
नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागोको उपस्थिमा भएको श्रद्धाञ्जली सभामा पौडेलले शंकट कालका बेला पार्टीमा रहेर साविक राजघाटमा कांग्रेसलाई संगाठानिक रुपमा दर्विलो बनाउन पुर्‍याएको योगदानको बारेमा चर्चा गरिएको थियो ।
सहमहामन्त्री फागोले कार्यक्रममा पौडेलले आफ्नो राजनैतिक जिवनमा निष्ठावान भएर नेपाली कांग्रेसलाई लोभी पापीको चङगुलबाट बचाउदै साविक राजघाटमा नेपाली कांग्रेसको संगठनलाई जिवन्त राख्न अहोरात्र खटिएको चर्चा गरे । यस्तै पौडेलले उर्लाबारीलाई फराकिलोे बनाउन साविक राजघाटलाई उर्लाबारी सग समायोजन गर्न पनि उल्लेख्य भुमिका खेलेको चर्चा गरे ।

यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेसका प्रदेश ̔क ̓क्षेत्रिय उप सभापति लोलिम पोमुले विभिन्न कालखण्डमा नेपाली कांग्रेसको अस्थित्वलाई जोगाउन पौडेलले महत्वपुणर् योगदान गर्नुका साथै गत स्थानियतहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन पनि उल्लेख्य योगदान पुर्‍याएको चर्चा गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्रिय सहसचिव अरुणा थापा, वडा नम्वर-३ का सभापति रोहित कार्की, प्रदेश १ सदस्य अर्जुन तुम्रोक मोरङ जिल्ला सदस्य नेत्र कुमारी भट्टराई, गोमा नेपाल र बानु सुब्बा लगाएतले सभामा स्वर्गिय पौडेलको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाली कांग्रेस उर्लाबारीको आयोजनामा समपन्न कार्यक्रमको सभापतित्व कार्यबहाक सभापति राजन रायमाझिले गरेका थिए ।
पौडेल आफ्नो राजनैतिक जिवनकालमा साविक राजघाट गाविसको ३ पटक सम्म सभापति र मोरङ जिल्लाको संघठित सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय