विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको घटनाका विरुद्धमा मोरङका चार राजनीतिक पार्टीहरुले संयुक्त आन्दोलन सुरु गरेका छन् ।

विराटनगरमा सर्वदलिय बैठक गरेर नेकपाका केहि केन्द्रीय सदस्य, नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपाका जिल्लाका नेताहरुले संयुक्त रुपमा प्रधानमन्त्रीको कदमको विरुद्धमा आन्दोलनमा जाने निर्णय गरेको छ । सर्वदलीय बैठकमा नेकपाका कन्द्रीय सदस्य महेश रेग्मी लगायत जिल्ला तथा नगरका नेताहरुको सहभागिता थियो । पधानमनत्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको भन्दै त्यसको घोर विरोध गर्ने निर्णय भएको नेकपा मोरङका सचिव शुसिल उप्रेतीले बताउनुभयो ।
बैठक लगतै सोमबार अपरान्ह नै विरोध जुलुस प्रदर्शन को तयारीमा जुटेको नेताहरुले बताएका छन् । तीनपैनी चोकबाट जुलुस प्रदर्शन सुरु भई ट्राफिकचोकमा कोणसभा हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय