नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिका–७, मधुमल्लामा दीक्षान्त ग्रेडिङ तथा ब्ल्याक बेल्ट ग्रेडिङ सेमिनार आयोजना हुने भएको छ । नेपाल सितोरियो कराते संघ मोरङको संयोजन तथा मधुमल्ला सितोरियो डोजोको स्थानीय आयोजनामा असोज ९ गतेदेखि ११ गतेसम्म मावा–नुनसरी सामुदायिक वनको परिसरमा कार्यक्रम सञ्चालन हुने भएको हो । कार्यक्रमबारे मधुमल्ला डोजोका प्रशिक्षक दिपेन्द्र थापाले मिक्लाजुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । संघका अनुसार विभिन्न जिल्लामा करातेको निर्धारित समयावधि पूरा गरेका ब्ल्याक बेल्ट खेलाडीहरूको दीक्षान्त ग्रेडिङसँगै प्रथम डान, दोस्रो डान र तेस्रो डान ब्ल्याक बेल्ट ग्रेडिङ तथा अप्रोग्रेस्ड खेलाडीहरूको ग्रेडिङसमेत गरिनेछ । कार्यक्रममा विभिन्न जिल्लामा रहेका डोजोसँग समन्वय गरी खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने जिम्मेवारी मोरङ जिल्ला सितोरियो कराते संघलाई दिइएको जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी खेलाडीहरूको खान र बस्नको व्यवस्थापन मिक्लाजुङ गाउँपालिकाले गर्ने भएको छ । स्थानीय तहको सहयोगले जिल्लाबाहिरबाट आउने खेलाडीलाई सहज हुने आयोजकले जनाएको छ । यस्तै, ग्रेडिङ तथा सेमिनारका लागि आवश्यक स्टेरिङ म्याट मिक्लाजुङ गाउँपालिका–७ को सहयोगमा व्यवस्थापन गरिएको बताइएको छ । कार्यक्रमको तयारी तथा स्थानीय व्यवस्थापनको जिम्मेवारी मिक्लाजुङ गाउँपालिकाका सितोरियो कराते प्रशिक्षक दिपेन्द्र थापालाई दिइएको छ । आयोजकका अनुसार कार्यक्रमले विभिन्न जिल्लाबाट सहभागी हुने खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कराते खेलको स्तरवृद्धि र खेलाडीको प्रोत्साहनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय