उर्लाबारी । गायक सत्यनारायण लामाको कस्तो मेरो भाग्य गीतको भिडियो सावर्जनिक भएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आज एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गर्नुभएको हो । लामाकै स्वर र शब्द रहेको उक्त गीतको भिडियो समाज रुपान्तरण टिभीले तयार पारेको कार्यक्रममा जानकारी गराइयो । उर्लाबारी नगरपालिका मेयर फागोले कला, संस्कृतिको संरक्षण र प्रर्बद्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । भाइरल बन्ने भन्दा पनि राम्रो र उत्कृष्टलाई ध्यान दिनु पर्नेमा उहाँको जोड छ । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश नं. १ का रेखबहादुर तामाङ, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतले बोल्नु भएको थियो । समाज रुपान्तरण टिभीका संस्थापक अध्यक्ष अभिषेक किराती मंगोलियनले मिडियामार्फत सामाजिक सेवाका कामहरु पनि अघि बढाएको बताउनुभयो । कार्यक्रम बर्षा राईको सभापतित्वमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय