उर्लाबारी नगरपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास भएको छ ।
आज उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी र वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीले संयुक्त रुपमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्नुभएको हो । भवन निर्माणका लागि भीमेश्वर कन्स्ट्रक्शन विराटनगरले ४१ लाख ८४ हजारमा ठेक्का पाएको छ । शिलान्यास गर्दै उपमेयर भण्डारीले उर्लाबारीमा विकासको गतिबिधि तीब्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यस बर्ष ६ वटा वडा कार्यालय बनाउने लक्ष्य राखेको र ३ वटा वडा कार्यालय निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, वडाध्यक्ष कार्कीले असार मसान्तभित्रै भवन निर्माण सम्पन्न गर्ने ठेकेदार पक्षले प्रतिबद्धता जाहेर गरेको बताउनुभयो । स्थानीय स्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापना भएपछि जनताले प्राथमिक उपचार सहज रुपमा पाउने र आफ्नो स्वास्थ्य अधिकार सुरक्षित गर्न सक्ने अवस्थाको सिर्जना हुने उहाँको भनाई छ । स्थानीय सुशिला लामाले ५० लाख मूल्य बराबरको ५ कट्ठा जग्गा भवन निर्माणका लागि निःशुल्क दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय