उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिकामा ६२ वर्षदेखि माथिका यसअघि खोप नलगाएका बृद्धबृद्धाहरुका लागि कोरोनाविरुद्ध भेरोसिल खोप अभियान सुरु भएको छ ।
आजबाट सुरु भएको अभियान भोलीसम्म जारी रहने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँका अनुसार मदन भण्डारी अस्पताल उर्लाबारी–३, क्षयरोग केन्द्र उर्लाबारी–४, राधिका मावि उर्लाबारी–६ र अरनिको मावि उर्लाबारी–८ मा केन्द्र कायम गरिएको छ । उक्त केन्द्रहरुमा मार्फत बिहान ११ देखि बेलुका ५ बजेसम्म खोप लगाईदै आएको छ । यस पटकको खोप ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिक, अग्रपंक्तिमा खटिएका पहिलो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षाका इन्टर्न विद्यार्थीहरु वा ओजेटी गरिरहेका नर्स तथा पारामेडिक्सहरु, प्रत्यक्ष उपचारमा र हेरचाहमा संलग्न व्यक्तिहरु, ६५ वर्षमाथिका कुनै पनि खोप नलगाएका तथा अन्यत्र जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप लगाई हाल उर्लाबारीमा बसोबास गरिरहेका नागरिकलाई लगाउन कार्य भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय