उर्लाबारी/ गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार २०८० प्रदान गरिने भएकाे छ ।
आज शुक्रबारकाे दिन धिमाल युवा प्रतिभा पुरस्कार २०८० छनाैट समितिकाे बैठकले साे निर्णय गरेकाे हाे । समितिका संयाेजक अजितकुमार धिमालकाे अध्यक्षतामा बसेकाे बैठकले गित, संगीत मार्फत समुदायकाे पहिचान र धिमाल भाषाकाे गित, संगीतमा पुर्याउदै आएकाे याेगदानकाे कदर गर्दै उनलाई पुरस्कृत गरिने निर्णय भएकाे समितिका सदस्य माेहनकुमार धिमालले जानकारी दिनुभयाे । युवाहरुकाे प्रतिभाकाे कदर र प्राेत्साहन गर्ने उदेश्यले धिमाल जातिय विकास केन्द्रले साे पुरस्कार प्रदान गर्दै आएकाे उहाँले बताउनुभयाे । केन्द्रीय समितिले हरेक वर्ष असार २ गते जातिरि/सिरिजात समापन कार्यक्रमकाे अवसरमा युवा प्रतिभा पुरस्कार प्रदान गरिदै आएकाे छ । पुरस्कृत मेचिनगर -८ निवासि गायक राजेश धिमाललाई आल्गी धावा, नगद ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय