उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित देवकोटा माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई विद्यालय पोशाक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा मिक्लाजुङ–८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले विद्यार्थीहरूलाई पोशाक, टाई र बेल्ट हस्तान्तरण गर्नुभएको हो । सबै विद्यार्थीहरुका लागि आवश्यक पर्ने टाई र बेल्ट समेत वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पोशाक खरिद गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडाध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार कतिपय विद्यार्थी आर्थिक अभावकै कारण आवश्यक पोशाक जुटाउन नसकेर विद्यालय उपस्थित हुन समस्या झेलिरहेका छन् । त्यस्ता विद्यार्थीलाई लक्षित गरी पोशाक वितरण कार्यक्रम सञ्चालन गरिएको हो । “यहाँ आर्थिक अवस्था कमजोर भएर विद्यालयको पोशाक किन्न नसक्ने विद्यार्थी पनि छन्। पोशाक नभएकै कारण विद्यालय आउन नसक्ने अवस्था अन्त्य गर्न यो कार्यक्रम ल्याएका हौँ,” वडाध्यक्ष कुँवरले भन्नुभयो ।
उहाँले अब पोशाक अभावका कारण कुनै पनि विद्यार्थी विद्यालय शिक्षाबाट वञ्चित हुन नपर्ने विश्वास व्यक्त गर्नुभयो। “कोही पनि विद्यार्थी पढ्नबाट वञ्चित हुनु हुँदैन । किताब, कापी वा पोशाक नभएकै कारण कसैले पढ्न नपाउने अवस्था छ भने वडा कार्यालयले आवश्यक व्यवस्था मिलाउँछ,” उहाँले स्पष्ट पार्नुभयो । वडाले आगामी दिनमा पनि शिक्षा पहुँच र गुणस्तर अभिवृद्धिका लागि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय