उर्लाबारी । कलेजले बजारमा बिकाउ र टिकाउ कोर्स मात्र गराउँदैन, त्यसलाई कसरी प्रभावकारी ढंगले पेश गर्ने भन्ने कुरामा पनि गृहकार्य गरिरहन्छ । त्यही कारण नेपाल दर्शन कलेजका उत्पादन सधै अब्बल र सक्षम हुने गरेका छन् ।

May be an image of 8 people, tree and text

समय सापेक्ष शिक्षा दिने उद्देश्यका साथ वि.सं. २०५४ मा उर्लाबारी–७ मा स्थापित नेपाल दर्शन कलेज कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा आफूलाई उभ्याएको छ । उक्त कलेजले गुणस्तरीय शिक्षामार्फत विद्यार्थी र अभिभावकहरुको मन जित्दै आएको छ ।
नेपाल दर्शन कलेजमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पढाई हुँदै आएको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ४ वर्षे बिबिएस कक्षा पनि सञ्चालित छ ।
कलेजले शिक्षा सम्वाहनका लागि सैद्धान्तिक शिक्षा मात्र नभएर प्रयोगात्मक शिक्षालाई समेत प्रोत्साहन गर्दै आएको छ । कक्षा कोठा सिकाइलाई अझ बढी राम्रो बनाउन कलेज लागि परेको प्राचार्य सविना खड्काले जानकारी दिनुभयो । कलेजमा मोरङको उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, पथरीशनिश्चरे, झापाको दमक नगरपालिकालगायत क्षेत्रबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । कलेज सुविधासम्पन्न भवनमा अवस्थित रहेको छ । यस कलेजमा अध्ययन गरेका अधिकांश विद्यार्थीहरु अन्य कलेजहरुमा पनि उत्कृष्ट सावित हुँदै आएका छन् ।

May be an image of 13 people, grass and tree

यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु यतिबेला इन्जिनियरिङ, नर्सिङ, डाक्टर, बैंक, साइन्स, म्यानेजमेन्टजस्ता जब ओरिन्टेड विषयहरुमा अध्ययन गरी जागिरसमेत गरिरहेका छन् । यसै कलेजमा अध्ययन गरेका धेरै विद्यार्थीहरु अहिले पनि आफूलाई अब्बल सावित गरिरहेका छन् । गरिब, विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष छुटमा कलेजले अध्ययन गराउने ब्यवस्था मिलाएको छ । यसरी शैक्षिक अध्यापन भइरहेको यस संस्थामा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उत्तिकै प्राथमिकताका साथ लागि परेको प्राचार्य खड्काको भनाई छ । पढाईको अवला फुटबल, फुटसल, बास्केटबल तथा क्रिकेटजस्ता खेलहरुमा विद्यार्थीलाई सहभागिता गराइएको छ । आन्तरिक रुपमा निबन्ध लेखन, कविता लेखन तथा वाचन, पब्लिक स्पिकिङ् आदि कार्यक्रमहरु गरिन्छन् । यस कलेजमा भय र त्रासबाट विद्यार्थीमा अनुशासन कायम गर्न नसकिने विश्वास गर्दै उनीहरुमा माया र प्रेमपूर्वक अनुशासन कायम गर्न मनोपरामर्शको माध्यम अपनाउने गरेको छ । जसले गर्दा विद्यार्थीले मानसिक त्रासमा रहेर अध्ययन गर्नु पर्ने अवस्था रहँदैन ।

No photo description available.

 

यहाँका प्रत्येक कक्षाहरु प्रविधिमैत्री छन् । यहाँ प्रयोगात्मक सिकाईलाई प्रोत्साहन गर्ने उद्देश्यले परियोजना कार्य गराउने तथा अनुसन्धानपरक काममा पनि विद्यार्थीलाई लगाउने गरिएको छ । विषयका विज्ञ तथा अनुभवी शिक्षकहरुको छनौटबाट सञ्चालित यस कलेजको विगत ३ वर्षको राष्ट्रिय शिक्षा वोर्डको परीक्षाफललाई नियाल्ने हो भने नेपाल दर्शनको परीक्षाफल उत्कृष्ट छ । यहाँ पूर्णतया परामर्श, उत्प्रेरणा र विद्यार्थी केन्द्रित शैक्षिक वातावरण पाइन्छ । प्रत्येक विद्यार्थीलाई व्यक्तिगत ढङ्ग र चाहना अनुसार सिकाइका अवसर दिइन्छ । यसरी समयको मागलाई बुझेर हरेक विद्यार्थीमा रहेका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराएर नेपाल दर्शन कलेज अगाडि बढिरहेको छ ।

May be an image of 14 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय