इटहरी — इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले  पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलनपछि उपमहानगरपालिकामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष उनले राजीनामा बुझाएका हुन्। आन्दोलनपछि उपमहानगरपालिका भौतिक रूपमा क्षति पुगेको र आर्थिक भार बढेको भन्दै उनले संस्थालाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

पुरी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल निर्वाचित भएपछि २०७९ असोज ३१ गतेदेखि प्रेस संयोजकका रूपमा नियुक्त भएका थिए। उनले तीन वर्षसम्म मेयरको सचिवालयमा रहँदै इटहरी उपमहानगरपालिकाका गतिविधि प्रचार–प्रसार तथा पत्रकारहरूसँग समन्वयको जिम्मेवारी सम्हालेका थिए। ब्लास्ट टाइम्स दैनिकका पत्रकारका रूपमा लामो समय काम गरेका पुरी नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत हुन्। नेपाली कांग्रेसका नेता समेत रहेका उनले आगामी दिनमा व्यवसायसँगै राजनीतिमा सक्रिय हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय