खड्ग बेदना
उर्लाबारी । हुने खानेका छोराछोरी निजी विद्यालय र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु सामुदायिक विद्यालयमा पढ्छन् भन्ने सोचाई छ । हुन पनि नेपालमा त्यस्तै देखिन्छ । आर्थिक अवस्था कमजोर भएकालाई खान लगाउनै समस्या हुने गरेका कारण सामुदायिक विद्यालयमा आफ्ना सन्तान अध्ययनका लागि पठाउने गरेका छन् । शिक्षा क्षेत्रमा विभेद देखिन्छ । हुने खानेलाई निजी स्तरको र हुँदा खानेलाई सामुदायिक स्तरको शिक्षा ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु जाडोमा पनि सर्ट, पेन्टको भरमा विद्यालय जानु पर्ने बाध्यता छ । किन की परिवारको आर्थिक अवस्था नाजुक भएपछि छोराछोरीलाई बाध्य भएर जाडोको समयमा पनि सुईटर वा भनौं तातो हुने लुला किन्न सक्ने हैसियत हुँदैन । त्यसैलाई मध्यनजर गरेर गु्रप अफ युथ उर्लाबारीले शुक्रबार मोरङको उर्लाबारी–९ का चार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई २ सय ५९ थान ज्याकेट वितरण गरेको छ । राजकुमार पोमु लिम्बू (लोलिम), हिरामणी सिलवाल, दिपक भट्टराई, कृष्ण दाहाल, डा. सन्दिप अधिकारी, डा. सम्पन्न बुढाथोकी, डा. विशाल प्रतिक मिश्र, रमेश श्रेष्ठ, भूपाल काफ्ले, नरकाजी श्रेष्ठ, नितम कार्की, सुजित जैसवाललगायतको टिमले राजघाट आधारभूत विद्यालयमा ८३, महाराजथान आधारभूत विद्यालयमा ७६, सार्वजनिक माध्यमिक बिद्यालयमा ५० र प्रभात आधारभूत विद्यालयमा ५० गरी २ सय ५९ वटा ज्याकेट वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न स्तरका विद्यार्थीहरु पनि सहज रुपमा विद्यालय आउन सकुन् भन्ने हेतुले ज्याकेट वितरण गरिएको अभियन्ता नितम कार्कीले जानकारी दिनुभयो ।
अभियान्ता तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले चार वटै सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क ब्लट ग्रुप छुटाउने ब्यवस्था मिलाउने घोषणा गर्नुभयोे । उहाँले शिक्षक तथा शिक्षिकाहरुको निशुल्क सुगरको उपचार पर्ने पनि प्रतिवद्धता जाहेर गर्नुभयो । उर्लाबारी वडा नं. ९ मा कोही पनि उपचार नपाएर बस्नु नपर्ने र अरनिको हस्पिटलमा हुन सक्ने उपचार निशुल्कसम्म गर्न उहाँको भनाई छ । ज्याकेट हस्तान्तरण कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सिरेङ, सामाजिक अभियान्ता पूर्ण सिंगक लिम्बू, प्रकाश कन्दङ्वा, जितेन धिमाल, जीवन चिमरिया, भूपाल काफ्ले, प्रेस सेन्टर नेपालका पूर्वी शाखा अध्यक्ष सरोज बस्नेतलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय