उर्लाबारी । लेटाङ–९ मा रहेको बि.वाई.सी. को आयोजनामा भएको लेटाङ इन्टर कप फुटबल प्रतियोगिताको उपाधि बसन्त एफसीले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सलल एफसीलाई १–० गोल अन्तरले हराउँदै बसन्त एफसीले उपाधि जितेको हो । उपाधिसँगै बसन्तले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता सललले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । १३ टिमको सहभागितामा भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती प्रमुख अतिथि रहनुभएको थियो । उहाँले खेलकुद क्षेत्रको विकासमा नगरपालिकाको तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । क्लबका सल्लाहकार संयोजक भूपेश लिम्बूले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा रहेका खेलाडीलाई नगरपालिकाको तर्फबाट सहयोगको खाँचो रहेको औलाउनुभयो ।
खेलमा बेष्ट गोल चरण मगर (बसन्त एफसी), हाईस्कोर सुदिप राई (सनराइज युनाइटेड), म्यानअफ दी म्याच खगेन्द्र लिम्बू (सलल एफसी) भए । उनीहरुलाई ट्रफी प्रदान गरियो । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष डम्बर लिम्बूले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय