उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीले क्यान्सर पीडित उर्लाबारी–५ की ३२ बर्षीय लक्ष्मी राईलाई सहयोग गरेको छ ।
नेपाली कांग्रेस उर्लाबारी नगर समितिबाट संकलित १३ हजार ३ सय ३० रुपैयाँ पीडित राईलाई नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले हस्तान्तरण गर्नुभएको हो । आर्थिक अवस्था ज्यादै कमजोर भई उपचारमा समस्या भएको खबर सार्वजनिक भएपछि थोरै भएपनि आर्थिक सहयोग गरिएको नगरसभापति सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नगर सचिबद्धय दिपक भट्टराई, राजन रायमाझी, कोषाध्यक्ष बेलबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय