उर्लाबारी । मोरङको उर्लाबारीस्थित स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थी स्वागत तथा तीज विशेष कार्यक्रम गरिएको छ ।
शुक्रबार क्याम्पसको प्राङ्गणमा आयोजित एक भव्य समारोहबीच कक्षा ११ का १ सय ८ जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एवम् छात्राहरुको लागि तीज विषेश कार्यक्रम गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी क्याम्पस संचालक समिति सदस्य गिता अधिकारी रहनुभएको थियो । उक्त अवसरमा स्ववियु अध्यक्ष विवेक कार्कीले विद्यार्थीहरुलाई निर्धक्क भएर अध्ययन गर्न सुझाउँदै आफु सदैव विद्यार्थीहरुको पक्षमा रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको क्षमता अभिवृद्धी गराई उत्पादनमुखी शिक्षामा स्ववियुले ध्यान दिएको बताउँदै विद्यार्थीहरुलाई आत्मनिर्भर र स्वावलम्बि बनाउन स्ववियुले कार्य योजनाहरु अघि सारेको बताउनुभयो । यस्तै कार्यक्रममा क्याम्पस संचालक समिति सदस्यहरु दिलु लिङ्देन , मुक्ती न्यौपाने, रमेश श्रेष्ठ, मिन प्रसाद दाहाल, सहायक क्याम्पस प्रमुख अम्बिका गौतम, विद्यार्थी नेता सुजित जैश्वाललगायतले बोल्नुभएको थियो ।
यसैबीच उक्त अवसरमा स्ववियुले क्यान्सर पिडित २ वर्षिया एक शिशुको परिवारलाई आर्थिक सहयोग गरेको छ । शरिरको विभिन्न भागमा ट्युमर भई क्यान्सर लागेकै अवस्थामा जन्मेकी मिकलाजुङ–१ का विमल राईकी २८ महिनाकी छोरी सेजल राईको उपचारमा स्ववियुको अगुवाईमा सहयोगार्थ संकलित ५ हजार ३ सय ५० रुपैयाँ नगद सहयोग गरिएको हो । उक्त रकम सेजलकी आमा निशा राईलाई स्ववियु अध्यक्ष कार्कीसहित विद्यार्थी नेता सुजित जैश्वाललगायतले हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रममा स्ववियु सदस्य कहाना विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्ववियु सदस्यहरु एलिना र विनीता गौतमले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय