उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नारीश्रृजना कृषि सहकारी संस्था लि. २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
उर्लाबारी–७ मा आफ्नै भवनमा भएको साधारणसभामा कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा भएको हो । संस्थाकी अध्यक्ष पुयपाकुमारी राजभण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, विभिन्न प्रतियोगितामा विजेताहरुलाई सम्मान गरिएको थियो भने छात्रबृत्तिसमेत वितरण गरिएको छ । संस्थाकी अध्यक्ष राजभण्डारीले बार्षिक प्रतिवेदन, सचिब गीता अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गावती सुब्बाले आर्थिक प्रतिवेशन प्रस्तुत प्रस्तुत गर्नुभएको थियो । २ हजार २ सय ९२ जना शेयर सदस्य रहेको उक्त सहकारीमा चुक्तापूँजी १ करोड २७ लाख ४२ हजार ७ सय रहेको छ भने जगेडा कोषमा ३८ लाख ९४ हजार ३ सय २१ रहेको छ । २०७९÷०८० मा आयतर्फ ९३ लाख ८४ हजार ३ सय ४३ र ब्ययतर्फ ७८ लाख ८८ हजार ५ सय ४२ रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय