उर्लाबारी । पछिल्लो समयमा व्यस्त पारिवारिक जीवनसँगै आफ्ना नानीलाई सानैदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न मन्टेश्वरी स्कुल खुल्ने क्रम बढ्दो छ ।
योग्य र तालिम प्राप्त शिक्षिका, मनोरम–शान्त वातावरण, सरसफाई, खाजा पनि खुवाउने व्यवस्था र नानीको मनस्थिति बुझेर शिक्षा शुभारम्भ गराउने भएपछि मन्टेश्वरी स्कूलप्रतिको क्रेज बढेको हो । टाढाको स्कूलमा धाउन बाध्य बनेका स्थानीय अभिभावक पनि आफ्नै ठाउँमा मन्टेश्वरी स्कूल सञ्चालनमा आउँदा आफ्ना नानीलाई मन्टेश्वरीमा पढाउन पठाउन तम्तयार हुन्छन् । बालबालिकाको स्वभाव र मनोविज्ञान बुझेर राम्रो शिक्षा र संस्कार प्रदान गर्न मोरङको उर्लाबारी–४ आइतबारेमा सिद्धार्थ मन्टेश्वरी स्कूल सञ्चालन भइरहेको छ ।

विगत ४ बर्षदेखि सञ्चालन हुँदै आएको सिद्धार्थ मन्टेश्वरी अहिले अभिभावकको पहिलो रोजाई बनिरहेको छ । २ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई सिद्धार्थ मन्टेश्वरी स्कूलमा कखराका सिकाइनुका साथै उनीहरुको हरेचाह र सिकाइ उपलब्धीलाई विशेष प्राथमिकता दिने गरेको छ । ३९ जनाभन्दा बढि बालबालिकाहरुलाई राष्ट्रिय रुपमा मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुले पठनपाठन गराइने यो स्कूलले बालमैत्री शैक्षिक वातावरण र बालमनोविज्ञानमा आधारित पठनपाठन विधि अपनाएको छ । कक्षा १ सम्म यहाँ अध्ययन हुँदै आएको छ । यहाँ रहेका बालबालिकाहरुको व्यक्तिगत क्षमता अध्ययन गरी अभिभावकहरुलाई उनीहरुको क्षमताबारे परामर्श दिने व्यवस्था समेत मिलाइएको सञ्चालक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागतको सट्टामा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी सिकाइने यो शिक्षण विधिप्रति अभिभावक एवम् बालबालिकाको आकर्षण बढ्दो छ । विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा अघि बालकालिकालाई सिकाउन अपनाइएको उक्त विधि निकै प्रभावकारी मानिन्छ । बालबालिकालाई मन्टेश्वरी विधिबाट सिकाउने ठाउँलाई ‘प्रि–स्कुल’ पनि भनिन्छ ।

सञ्चालक श्रेष्ठका अनुसार भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि युवा तयार गर्न पनि अहिले बालबालिकालाई प्रयोगात्मक तरिकामा सिकाउन जरुरी छ । सिद्धार्थ मन्टेश्वरी स्कूलले बालबालिकाको सैद्धान्तिक, बौद्धिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । ‘मन्टेश्वरी शैक्षिक पद्धतिद्वारा हामीले बालबालिकाको व्यावहारिक ज्ञानलाई बढी प्राथमिकतामा राखेका छौं’ सञ्चालक श्रेष्ठले भन्नुभयो–‘पारिवारिक वातावरण, स्वच्छ आहार, सफा र सहज खेल मैदान तथा मायालु वातावरणमा बालबालिका रमाएर सिकिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय