पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जंगलभित्र रहेको छ, बेतिनी सिमसार ।
बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ ।

बेतिनी सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानी लगायतको ब्यवस्थापन गरिएको छ । सिमसारको पूर्व तर्फ सोल्टी खोलामा लगाइएको झोलुङ्गे पुल पनि टिकटक बनाउने र फोटो खिच्नेहरुको लागि आकर्षक रहेको छ ।
उर्लाबारी–२ मा रहेको सिमसारमा दैनिक सयौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बालउद्यान, कृतिम पाटे बाघ, बोटिङ, कृतिम पोखरी यहाँका आकर्षण हुन् । दैनिक १ हजार हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ ।


सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको छ । बन्यजन्तु को संरक्षण र आन्तरिक आय वृद्धि गर्न प्रदेश सरकारको सहयोगमा बन्यजन्तु उद्घार केन्द्रको निर्माण गरिएको छ । सिमसार क्षेत्रमा पानीबेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरी जस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यस्तै आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाईएको समूहका सचिब अर्जुन बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय