उर्लाबारी । एसईई पछि आफ्ना छोराछोरीलाई कहाँ पढाउने ? यो प्रश्न धेरै अभिभावकहरुलाई उब्जिएको छ । तर, अब तपाईका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रतिबद्ध मोरङको उर्लाबारी–४ मा रहेको सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा भर्ना खुलेको छ ।
२३ बर्षदेखि एसईईमा सतप्रतिशत नतिजा निकाल्दै आएको सप्तकोशी अभिभावक र विद्यार्थीहरुको रोजाई बनिरहेको छ ।
२०५० सालमा स्थापना भएको सप्तकोशीमा २०५८ सालदेखि एसएलसी हाल एसईइमा विद्यार्थीहरु सहभागी हुँदै आएका छन् । सुविधा सम्पन्न भवन, दक्ष अनुभवी शिक्षक शिक्षिका, शान्त शैक्षिक वातावरणले सप्तकोशीमा विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । यस विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ६० जना शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन् । २०६६ सालदेखि वाणिज्य संकायमा कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको यो विद्यालयले २०७६ देखि विज्ञान संकायको पढाई सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ मा समेत सप्तकोशी अब्बल सावित बनिरहेको छ । विद्यालयले गुणस्तरीय शिक्षा प्रदानसँगै अन्य गतिबिधिलाई पनि उतिकै प्राथमिकतामा राखेर अघि बढिरहेको विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराई बताउनुहुन्छ ।
विज्ञान प्रयोगशाला, यातायातको व्यवस्था, शान्त शैक्षिक वातावरण, छात्रवृत्तिको व्यवस्था समेत विद्यालयले गरिरहेको उहाँको भनाई छ । कक्षा ११ र १२ का लागि छुट्टै भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । सो भवनमा आधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला पनि निर्माण गरिने उहाँले बताउनुभयो । विद्यालयमा विषयगत दक्ष र अनुभवी शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आउनुभएको छ । जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय