उर्लाबारी । नेपाली कांग्रेसको भातृ संघ नेपाल भूतपूर्व सैनिक संघ उर्लाबारीको प्रथम नगर अधिवेशनले शिवहरी कार्कीको सभापतित्वमा नगर समिति चयन गरेको छ ।
शनिबार भएको अधिवेशनले समितिको उपसभापतिमा जगतबहादुर श्रेष्ठ र पुष्प कार्की, सचिवमा राजन सुवेदी, सहसचिवमा दुर्गा श्रेष्ठ र केशरमान राई, कोषाध्यक्षमा मोतिलाल गौतम तथा सदस्यहरुमा भक्तबहादुर श्रेष्ठ, विदुर बुढाथोकी, अविकेशर आचार्य, थेमबहादुर बिष्ट, मानबहादुर धिमाल, नन्दलाल धिमाल, पुष्पबहादुर श्रेष्ठ, पर्शुराम धिमाल, दानबहादुर धिमाल, खुसीलाल धिमाल, ललितबहादुर बानिया र भीमबहादुर चोङवाङ रहनुभएको छ ।
सो संघका मोरङ्गका जिल्ला उपसभापति एवं उर्लाबारी नगर संयोजक ईन्द्रबहादुर कडेँलको सभापतित्व तथा नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा नगर सभापति सुरेन्द्र लिम्बु, वडा सभापति प्रेम याख्खालगायतले बोल्नुभएको थियो । सो संघमा नेपाली सेना, भारतीय सेनाबाट निवृत्त तथा नेपाली कांग्रेसप्रति आस्थावान हुनुहुनेहरु आवद्ध हुने विधानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय