उर्लाबारी । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्पन्न हुने गर्दछ ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएको छ भने मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ ।
सोमबार उर्लाबारीका छठघाटहरु सजाएर झकिझकाउ पारिएको छ । छठ पूजाका सामग्री नदी तथा तलाउको किनारमा जम्मा पारिएको छ । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिदै उर्लाबारी–७ स्थित मावा खोलामा छठ पर्व मनाईएको छ । मैथिली समाज सेवा समितिले छठ पर्वको अवसरमा भव्य रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, उर्लाबारी–३ को सोल्टी खोलामा पनि छठ पर्व मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय