झापा । झापाको शिवसताक्षीमा जारी पहिलो झापा महिला गोल्डकपको दोस्रो खेलमा अर्को विभागीय टोली एपीएफ क्लबले शानदार जित दर्ता गरेको छ ।

आज भएको खेलमा सिक्किमको सिंग्लिङ क्लबलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा ह्याट्रिक गरेकी रश्मीकुमारी घिसिङ प्लेयर अफ द म्याच घोषित भइन्। उनले खेलको ३७ औँ, ४३ औँ र दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरिन् । त्यस्तै, क्याप्टेन अनिता बस्नेतले खेलको ३५ औं र पहिलो हाफको इन्जुरी समयमा गरी दुई गोल गरेकी थिइन् । यसैगरी २६औं मिनेटमा सुनिता राना मगरले १ गोल गरेकी थिइन् भने दोस्रो हाफको २५ औं मिनेटमा अनिता केसीले १ गोल थपेकी थिइन् ।

९ जना राष्ट्रिय खेलाडी लिएर उत्रिएको एपीएफका सामु पाहुना टोली सिक्किमको सिंग्लिङ क्लब निरिह बनेको थियो । उसका केही प्रयासहरू भएता पनि सफल बन्न सकेन ।

भोलिको तेस्रो क्वार्टर फाइनल खेल आयोजक झापा फुटबल क्लब र सङ्कटा स्पोर्टिङ क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय