उर्लाबारी । गम्भीर दुर्घटनामा परी कोमा अवस्थामा रहेका नेपाल विद्युत प्राधिकरण उर्लाबारी शाखाका कर्मचारी तथा भगवती माध्यमिक विद्यालयका अभिभावक देवीप्रसाद निरौलाको उपचार सहयोगार्थ विद्यालयले संकलित रकम आज एक औपचारिक कार्यक्रममा हस्तान्तरण गरेको छ।
विद्यालयमा कक्षा ९ ‘ख’ र ४ ‘ख’ मा अध्ययनरत विद्यार्थी उज्ज्वल निरौला र अनन्या निरौलाका बुबा रहेका निरौलाको स्वास्थ्यलाभको कामना गर्दै विद्यार्थी तथा शिक्षकबाट संकलन गरिएको रु. २०,६१० प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले परिवारजनलाई हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कोइरालाले विपद् र संकटका क्षणमा साथ–सहयोग गर्नु विद्यालय समुदायको दायित्व भएको बताउँदै विद्यार्थी, शिक्षक तथा अभिभावकले देखाएको एकता र संवेदनशीलताप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सहायक प्रधानाध्यापक देवीप्रसाद गौतम, अङ्ग्रेजी माध्यम संयोजक सायरा बानु राई, साथै शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो।
विद्यालयले अभिभावक निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि जिम्मेवार रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।























