माेरङ— आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदै गरेको नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि उम्मेदवार गंगाप्रसाद बास्तोलालाई विजयी गराउन अपिल गरिएको छ।
उर्लाबारी नगर कमिटीका पूर्व अध्यक्ष तथा लामो समयदेखि संगठनमा सक्रिय रहँदै आएका नेता बास्तोला लोकप्रिय र कार्यकर्तामैत्री नेताका रूपमा चिनिँदै आएका छन्। पार्टी संगठन मजबूत बनाउन र स्थानीय मुद्दाहरू उठाउन उनले खेलेको भूमिकालाई कार्यकर्ताहरूले विशेष प्रशंसा गरेका छन्।
आगामी महाधिवेशनमा मोरङ क्षेत्र नं. १ बाट सबेकाे साथ र सहयाेगले विजयी हुने बास्तोलाले विश्वास व्यक्त गर्दै सबैको माया, साथ र समर्थन रहने अपेक्षा गरेका छन्। उनले पार्टी बलियो बनाउन, संगठनलाई अझ अनुशासित र नीतिगत रूपमा सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए।
कार्यकर्ताहरूले पनि बास्तोलाको नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र स्थानीय स्तरमा गरेका योगदानलाई उल्लेख गर्दै उनलाई विजयी गराउन सबैलाई सक्रिय हुन आह्वान गरेका छन्।
मंसिर २७-२९ मा हुने महाधिवेशनका गतिविधि र मतदान प्रक्रियाले मोरङ क्षेत्र नं. १ को टिमलाई कस्तो सफलतासहित अघि बढाउँछ भन्ने विषयमा कार्यकर्ताहरू उत्साहित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय