उर्लाबारी । “वयं राष्ट्रे जागृयाम् पुरोहिता” भन्ने मूल नाराका साथ वैदिक धर्म संरक्षक समिति उर्लाबारीको आयोजनामा बनभोज तथा बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ। उर्लाबारी–२ स्थित प्रगतिशील सामुदायिक भवनमा आयोजित कार्यक्रममा उर्लाबारी नगरभरिका पुरोहितहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पण्डित सुमन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा प्रसाद खरेल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उपप्रमुख मिनाकुमारी खतिवडा पौडेल , वडा नं ६ का वडा अध्यक्ष चिन्तामणी पौडेल, वडा नं. ४ का कडाध्यक्ष कल्याणकुमार राई लगायतको उपस्थितिमा भएको कार्यक्रममा वैदिक धर्म, संस्कार संरक्षण, पुरोहितहरूको भूमिका तथा समाजमा वैदिक परम्पराको महत्वबारे छलफलसमेत गरिएको थियो।
कार्यक्रमले पुरोहितहरूबीच आपसी एकता, अनुभव आदान–प्रदान र वैदिक संस्कृतिको संरक्षणमा सहकार्यको सन्देश दिएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय