उर्लाबारी । कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङलाई कोशी प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ। प्रतिपक्षी दलले प्रदेशसभामा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित चाम्लिङलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी चाम्लिङ प्रदेशसभामा स्पष्ट धारणा राख्ने सांसदका रूपमा परिचित छन्। प्रमुख सचेतकको जिम्मेवारी पाएसँगै उनले प्रतिपक्षको आवाजलाई सशक्त रूपमा उठाउने, जनताका सवाललाई प्रदेशसभामा प्रभावकारी ढंगले प्रस्तुत गर्ने तथा सरकारका गतिविधिमाथि रचनात्मक खबरदारी गर्ने बताएकी छन्।
उनको नियुक्तिपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शुभकामना व्यक्त गरेका छन्। कोशी प्रदेशसभामा प्रतिपक्षको भूमिका अझ सशक्त बन्ने विश्वास समेत व्यक्त गरिएको छ।























