संगिता राई
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
आज नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा विदाई तथा स्वागत कार्यक्रम भएको हो । पथरी शनिश्चरे नगरपालिकाबाट रंगेली नगरपालिका सरुवा भई जानुहुने आर्थिक प्रशासन शाखा प्रमुख पिताम्बर वस्ती, अवकाश हुनुहुनेहरु योजना शाखा प्रमुख शिव कुमार राई, स्वास्थ्य शाखाका सिनियर अहेव नानु माया तामाङ, कर्मचारीद्वय कर्णबहादुर राजवंशी, राजेन्द्र प्रसाद भण्डारीलाई सम्मान–पत्र प्रदान गर्दै विदाई गरिएको हो । यसैगरी आर्थिक प्रशासन शाखा प्रमुख विकास पोखरेललाई स्वागत गरिएको थियो । कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहहरु, नगरका कर्मचारीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।























