उर्लाबारीमा दुईदिने अनलाइन बिजनेस प्रमोशन तालिम सम्पन्न भएको छ। उर्लाबारी नगरपालिका र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सो तालिम शनिबारदेखि उर्लाबारी-५ स्थित वाणिज्य संघको सभाहलमा सुरु भएको थियो । तालिम व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले संचालन गरिएको बताईएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले समय सान्दर्भिक कार्यक्रम आयाेजना गरेकाेमा प्रंशसा गर्दै प्रविधिकाे प्रयोग हरेक व्यवसायले गर्नुपर्ने बताए । उनले सो तालिमले व्यवसाय वृद्भि गर्न सहयाेग पुग्ने विश्वास लिएको बताएका छन् ।
सो अवसरमा बोल्दै संघका सल्लाहकार सदस्य योगेन्द्र कट्वालले प्रविधिको प्रयोगले व्यापार विस्तार हुने बताउँदै डिजिटल युगमा परम्परागत शैलीमा मात्र व्यवसाय गर्दा सफल हुन कठिन हुने धारणा राखे। उनले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सके राम्रो प्रतिफल प्राप्त हुने बताए। साथै, अबको समयमा प्रविधिको प्रयोग नगरी व्यवसाय प्रवर्द्धन र प्रगति सम्भव नहुने तर्क गरे।
उर्लाबारीस्थित वेब नेपाल प्रालिले तालिममा सहजीकरण गरेको थियो। तालिम समापनपछि सहभागीहरूलाई प्रमुख अतिथि श्रेष्ठद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा ४० जनाको सहभागिता रहेको थियो।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेरिङ लिम्बूले वर्तमान समयमा व्यवसायलाई प्रतिस्पर्धी बनाउन डिजिटल मार्केटिङ र अनलाइन प्रवर्द्धन अपरिहार्य बन्दै गएको बताए। उनले तालिमले व्यवसायीहरूलाई नयाँ प्रविधिको उपयोग गर्दै आफ्ना उत्पादन तथा सेवाको बजार विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत स्थानीय व्यवसायको पहुँच विस्तार, बजारीकरण तथा उद्यमशीलताको विकास गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने वक्ताहरुले बताएका छन् ।
यस्तै सहभागिहरुको तर्फबाट मन्तव्य राख्ने क्रममा ममता बुढाथोकीले सो तालिममार्फत व्यवसायलाई अनलाइन माध्यमबाट प्रवद्र्धन गर्ने सीप, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल मार्केटिङका आधारभूत पक्ष तथा ग्राहकसँगको अनलाइन सम्पर्क विस्तारसम्बन्धी ज्ञान प्राप्त गरेको बताइन् । उनले यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत संचालन गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेत, गौरादह उवासका अध्यक्ष ईश्वर खत्रि , उर्लाबारी उवािका पूर्व अध्यक्ष तेजकुमार रिजाल, भरत भट्टराई , निवर्तमान अध्यक्ष शेर बहादुर भण्डारी , कानुनी सल्लाहकार गणेश खत्रिलगायतको आतिथ्यता रहेको थियो ।
संघका अध्यक्ष तारामान सिरिङ लिम्बूको अध्यक्षमा सम्पन्न सो कार्यक्रमको सञ्चालन संघकी महासचिव सम्झना खतिवडाले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय