कुनै पनि शैक्षिक संस्थाको सफलता केवल भवन, पूर्वाधार वा प्रचार–प्रसारले मापन हुँदैन । त्यसको वास्तविक पहिचान विद्यार्थीको विश्वास, अभिभावकको सन्तुष्टि र अध्ययनपछि प्राप्त हुने सफलताले निर्धारण गर्छ । यही मापदण्डमा उभिएर मोरङको उर्लाबारी–७ स्थित डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट (डिकम कलेज) ले छोटो समयमै कोशी प्रदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको डिकम कलेजले गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उत्कृष्ट नतिजाका कारण विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै गएको हो । आठ वर्षअघि केवल तीन जना विद्यार्थी बाट सुरु भएको यो कलेजमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । झापा, मोरङ, सुनसरी, इलामलगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरू होटल म्यानेजमेन्ट अध्ययनका लागि यहाँ आउने गरेका छन् । कलेजका संस्थापक साजन श्रेष्ठका अनुसार हालसम्म आठ सयभन्दा बढी विद्यार्थीले यहाँबाट अध्ययन पूरा गरिसकेका छन् । तीमध्ये धेरै विद्यार्थी नेपालका प्रतिष्ठित होटल तथा पर्यटन क्षेत्रमा कार्यरत छन् भने उल्लेख्य संख्या अमेरिका, जापान, अष्ट्रेलिया, दुबई, कतार, माल्दिभ्स तथा युरोपका विभिन्न मुलुकमा आफ्नो पेशागत दक्षता प्रदर्शन गर्दै आकर्षक आम्दानी गरिरहेका छन् । उहाँका अनुसार कलेजले स्थापना कालदेखि नै एउटा स्पष्ट उद्देश्य बोकेको छ—विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सीप र आत्मविश्वास प्रदान गर्ने ।
डिकम कलेजको सबैभन्दा ठूलो विशेषता भनेको व्यवहारिक शिक्षामा दिएको जोड हो । होटल उद्योगमा सफलता केवल पुस्तकको ज्ञानले सम्भव हुँदैन भन्ने मान्यताअनुसार कलेजले विद्यार्थीलाई नियमित रूपमा प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । विद्यार्थीहरूले आधुनिक किचेनमा कुकिङ तथा बेकरी अभ्यास गर्ने अवसर पाउँछन् । यससँगै बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, फ्रन्ट अफिस सञ्चालन, हाउसकिपिङ, फूड एण्ड बेभरेज सर्भिस, प्राथमिक उपचार, व्यक्तित्व विकास, सञ्चार सीप तथा अतिथि सत्कार कला सम्बन्धी विशेष प्रशिक्षण पनि प्रदान गरिन्छ । यसले विद्यार्थीलाई अध्ययन पूरा गर्नासाथ रोजगारदाताले खोज्ने दक्ष जनशक्ति बन्न मद्दत गरेको कलेजको दाबी छ । डिकम कलेजले कक्षाकोठाभित्र सीमित शिक्षा मात्र प्रदान गर्दैन। विभिन्न होटल, रिसोर्ट तथा पर्यटन प्रतिष्ठानसँग सहकार्य गरी विद्यार्थीलाई औद्योगिक भ्रमण, इन्टर्नसिप र कार्यस्थलमा प्रत्यक्ष सिकाइको अवसर उपलब्ध गराइन्छ ।
होटल उद्योगमा प्रयोग हुने आधुनिक उपकरण, सेवा प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डबारे विद्यार्थीलाई सुरुदेखि नै जानकारी गराइने भएकाले उनीहरू अध्ययन
पूरा गरेपछि कार्यक्षेत्रमा सहज रूपमा घुलमिल हुन सक्षम हुने गरेका छन् । नेपालमा पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ भने विश्वभर होटल तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । यही कारण होटल म्यानेजमेन्ट अहिले सबैभन्दा सम्भावना बोकेको शैक्षिक विषयमध्ये एक मानिन्छ ।
डिकम कलेजका अनुसार यहाँ अध्ययन गरेका विद्यार्थीहरू अहिले पाँचतारे होटल, रिसोर्ट, रेष्टुरेन्ट, क्याफे, एयरलाइन्स, एयरपोर्ट, क्रुज कम्पनी, ट्राभल एजेन्सी, टुरिस्ट गाइड, बैंक तथा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा कार्यरत छन् । स्वदेशमा मात्र होइन, विदेशमा समेत होटल म्यानेजमेन्ट अध्ययन गरेका दक्ष जनशक्तिको माग उच्च रहेकाले विद्यार्थीले सम्मानजनक रोजगारीसँगै आकर्षक आम्दानी गर्ने अवसर प्राप्त गरिरहेका छन् ।
होटल म्यानेजमेन्टलाई धेरैले केवल होटलमा काम गर्ने विषयका रूपमा बुझ्ने गर्छन् । तर वास्तविकता फरक छ । यस विषयले विद्यार्थीलाई नेतृत्व क्षमता, सञ्चार कला, व्यवस्थापन, समय व्यवस्थापन, समस्या समाधान, ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय संस्कृतिको ज्ञान प्रदान गर्छ । यसै कारण होटल उद्योगबाहेक बैंकिङ, कर्पोरेट क्षेत्र, एयरलाइन्स, इभेन्ट म्यानेजमेन्ट, पर्यटन व्यवसाय, आफ्नै उद्यम सञ्चालनलगायत विभिन्न क्षेत्रमा पनि होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरू सफल भइरहेका छन् ।
डिकम कलेजले अध्ययनलाई सहज बनाउन विद्यार्थीमैत्री वातावरण निर्माण गरेको छ । अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यवस्थित प्राक्टिकल किचेन, अनुशासित शैक्षिक वातावरण तथा यातायात सुविधाले विद्यार्थीलाई अध्ययनमा केन्द्रित हुन सहयोग पु¥याएको छ । कलेजका शिक्षकहरू नियमित रूपमा व्यक्तिगत मार्गदर्शन गर्ने भएकाले विद्यार्थीको सिकाइ प्रभावकारी बन्दै गएको अभिभावकहरूको अनुभव छ । तीन जना विद्यार्थीबाट सुरु भएको यात्राले आज दुई सयभन्दा बढी विद्यार्थीको परिवार निर्माण गर्नु आफैंमा एउटा उपलब्धि हो । आठ वर्षको अवधिमा आठ सयभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्नु डिकम कलेजको अर्को महत्वपूर्ण सफलता हो । शैक्षिक गुणस्तर, व्यवहारिक सिकाइ, अनुशासन, रोजगारमुखी शिक्षा र अन्तर्राष्ट्रिय अवसरलाई केन्द्रमा राखेर अघि बढिरहेको डिकम कलेज आज कोशी प्रदेशमा होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूको भरोसायोग्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
एसईईपछि भविष्यप्रति स्पष्ट लक्ष्य राखेका विद्यार्थीका लागि डिकम कलेज केवल अध्ययन गर्ने ठाउँ मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको करियर निर्माण गर्ने एउटा बलियो आधार बनेको छ । यही कारण पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावक दुवैले यस कलेजप्रति बढ्दो विश्वास व्यक्त गर्दै आएका छन् । गुणस्तरीय शिक्षा, व्यवहारिक अनुभव र विश्वव्यापी रोजगारीको सम्भावनाले डिकम कलेजलाई होटल म्यानेजमेन्ट शिक्षाको क्षेत्रमा विशिष्ट पहिचान दिलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय