३० साउन
सभामुख अग्निप्रसाद सापकोटा सेनाको हेलिकप्टरवाट पहिरो गएको स्थल सिन्धुपाल्चोकको लिदिमा पुगेका छन ।

पहिरोमा परेर त्यहा २२ वटा घर पुरिएका छन भने ३६ जना पुरिएर वेपता भएका छन । ५ जनाको अवस्था गंभिर भएपछि थप उपचारको लागि चौतारा पठाईएको छ ।
घटनास्थलमा नेपाली सेनाको सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित गरिएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको हो । कति बेपत्ता छन् भन्ने अझै यकिन भइनसकेको छैन् ।
सभामुखका प्रेस सल्ल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरो पुरिएर ३६ जना बेपत्ता रहेका छन भने गम्भीर पाँच जना घाइतेलाई चौतारा अस्पताल लगिएको छ । उहाँका अनुसार वेपत्ता कसैको पनि शव निकालिएको छैन् । अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ ।

तस्बीरः श्रीधर न्यौपाने सभामुखका प्रेस सल्लाहकारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय