२ भाद्र २०७७, मंगलवार

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन थालेपछि स्याङ्जाको कालिगण्डकि गाउँपालिका वडा न- ७ मा पनि थप कडाई गरिएको छ । ब्यावसायिहरुलाई आफनो ब्यवसाय संचालन गर्न विहान ९ वजेदेखि दिउँसो १ वजेसम्मको समय छुटटाईएको छ । ब्यापार  गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने,भिडभाड नगर्ने,अनिवार्य मास्क लगाउनुपर्ने सेनिटाईजरको प्रयोग गर्नुपर्ने छ । यसैगरी अत्यावश्यक काममा वाहेकमा सवारी साधन प्रयोग नगर्न पनि अनुरोध गरीएको छ ।


यसैगरी वैक तथा वित्तीय संस्थाहरुले सुरक्षाका सवै उपायहरु अवलम्वन गरेर काम गर्नुपर्ने निणर्य गाउँपालिकाले गरेको छ । गाउपालिकको निणर्य आफुलाई नै हो भनेर सवैले पालना गनुपर्ने कालिगण्डकि गाउँपालिका वडा -०७, का अध्यक्ष मुक्ति प्रसाद भटटराईले वताउनु भयो ।
चाडपर्व भनेर कसैलाई पनि निम्ता वोलाएर मनाउनु भन्दा आफु आफनो परिवारले मात्रै घरमै वसेर सुरक्षाका सवै उपाय अपनाएर मनाउन पनि अध्यक्षले सवैलाई सुझाव दिएका छन । भोली पछुताउनु भन्दा आजै सचेत हुनु जरुरी छ उनले भने ।
गाउँपालिकाको निणर्य सवैले पालना गरेपछि मिर्मि सुनसान जस्तै वनेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय