२९ साउन २०७७
पाल्पाको रामपुर नगरपालिकाका कर्मचारी र तरुणदल रामपुरले आमा गुमाएका वडा न ८ कोल्टारका बिक परिवारलाई सहयोग गरेको छ ।
साउन २१ गते रामपुर कोलटारकी ५० बर्षिय भगवती बिकक निधन भएपछि अन्तिम सस्कारको कर्म पुरा गर्न पनि धौ धौ परेको स्थानियको जानकारी पछि किरियाखर्चका लागि भनेर नगरपालिकामा कार्यरत केही कर्मचारीले दैनिक खाजा खर्च बापतको रकम संकलन गरी ११ हजार १ सय सहयोग गरेका हुन् । यसैगरी तरुणदल रामपुर नगरसमितिले २०हजार १ सय रुपैया सहयोग गरेका हुन ।देवर विरेन्द्र वि.कलाई सो रकम हस्तारण गरिएको थियो ।
सहयोग रकम हस्तारणमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु सीताराम आचार्य, सुन्दरी बस्टाकोटी, सालिकराम खनाल ,नेपाल तरुण दल रामपुरका नगर सभापति शंकर बहादुर खाँण, नेपाल तरुण दल रामपुरका सल्लाहकार समसुल हक मियाँ, उपसभापति द्वय सिताराम आचार्य र शेखर नेपाली, सचिव गोविन्द ढुङ्गाना, सहसचिब प्रकाश ज्ञवाली, सक्रिय सदस्य मिठु सिंले समवेदना ब्यक्त गर्नुभएको थियो ।सोही अवसरमा विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाले सो परिवारलाई नगद १ हजार सहयोग हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा सहभागीहरुलाई ज्वाई प्रकाश वि.क.ले धन्यवाद दिनुभएको थियो ।

यो छुट्यो कि! वुटवलमा नेकपा छाडेर २सय १८ जना काग्रेसमा प्रवेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय