मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

गरिएको कामकाज पूरा हुनेछ । दैनिक कार्यमा प्रगति होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मान, प्रतिष्ठा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मन चिन्तित रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मतभेद भए पनि बेलामा होस पु¥याउ“दा केही सफलता प्राप्त हुन सक्नेछ । प्रतिस्पर्धीहरू कमजोर रहलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमसम्बन्धमा सफलता मिल्नेछ । लामो दूरीको यात्रा होला । सामाजिक कार्यमा मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । पढाइमा रुचि बढ्नेछ । तीर्थयात्रा गर्ने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज धैर्य एवम् लगनशीलताले राम्रो अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापार वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट मान–सम्मान पाइएला । आँटे ताकेका कामकाज भने अधुरै रहन सक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । पढाइमा रुचि बढला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु होला । दिन सामान्य रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारिवारिक समस्या तथा मानसिक चिन्ता बढ्नेछ । सन्तानबाट कष्ट प्राप्त हुनेछ । आजको दिन सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय