उर्लाबारी, मोरङको उर्लाबारीमा पालिकास्तरीय भलिबल प्रतियोगिताको बुधबारको दोस्रो खेल दमकले जितेको छ। बराबरी खेेले पनि कमललाई दमकले हराएको छ। संसारीमाई जल्पादेवी मन्दिर व्यवस्थापन समिति र योसेक क्लबको संयुक्त आयोजनामा प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिता २०७८
उर्लाबारी–३ स्थित चन्दने खेलमैदानमा भएको विहानको खेलमा उर्लाबारी लाई हराउँदै रंगेली विजयी भएको छ ।बुधबारको अर्को खेल हतुवागढी र चुलाचुली बीच हुँदैछ ।
प्रतियोगितामा भोजपुरको हतुवागढी गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाको दमक नगरपालिका, कमल गाउँपालिका र झापा गाउँपालिका, मोरङको उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका,बेलबारी नगरपालिका ,पथरी शनिश्चरे नगरपालिका साथै बाग्लुङको गल्कोट नगरपालिकाको टिमको सहभागिता रहेको योसेकका अध्यक्ष बुढाथोकीले बताएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार रुपैयाँ खर्च हुने खेल संयोजक समीर कुइकेलले जानकारी दिएका छन् । मुख्य प्रायोजक उर्लाबारी नगरपालिकाबाट ३ लाख ५० हजार सहयोग प्राप्त हुने र अन्य दाताहरुबाट सहयोग संकलन गरिएको उनले बताएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विजेतालाई १० तोला चाँदी जडित रनिङ ट्रफी प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताएका छन् । साथै, प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने छ भने भोजपुर, बाग्लुङबाट आउने टिमलाई प्रत्येक दिन ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
मंगलबार भएको ३ खेलमा पथरीलाई कमलले,झापालाई दमकले बेलबारीलाई हतुवागढीले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय