पुजन दास
सिजुवा । मोरङको रतुवामाई नगरपालिकामा यही बैशाख ३ गतेदेखी ११ गतेसम्म सञ्चालन हुने मेयरकप टी – २० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिको आयोजनामा हुने प्रतियोतिामा नगरका १० वडाको सहभागीता रहने सदस्य सचिब सुजित जैसवालले जानकारी दिनुभयो । रतुवामाई – ७ सिजुवास्थित गडीझारको खेल मैदानमा हुने प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले रु ५० हजारसहित ट्रफि र मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा हरेक दिनका म्यान अफ द म्याचलाई ३ हजारसहित पुरस्कृत गरिनेछ भने समापनका दिन ७ वटा विधाका उत्कृष्ट खेलाडीलाई १५ हजारसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ९ लाख बढी खर्च लाग्ने आयोजक समितीका अध्यक्ष मंगलसिंह चोङवाङले जानकारी दिनुभयो । प्रतियोगितामा तयारी गर्नका लागि हरेक टिमलाई ५ हजार अनुदान समेत दिईएको छ । बैशाख ३ गते हुने उद्घाटन समारोहमा चर्चित गायक प्रमोद खरेलको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय