सिजुवा/मोरङको रतुवामाईमा सञ्चालित मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार भएको फाइनल खेलमा वडा नंं १० ले वडा नं ९ लाई ४५ रनको अन्तरले पराजित गरेको छ ।
वडा नंं १० ले ८ विकेट गुमाएर १५० रन बनाएको थियो भने वडा नं ९ ले ९ ओभरमा १०५ रन मात्र बनायो ।
नगर प्रमुख रविन राईले प्रतियोगिताको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार नगदसहित टफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सोही अवसरमा म्यान अफ द म्याच वडा नं १० का विशाल कटवाल, म्यान अफ द सिरिज वडा नं.९ का केदार थापा, वेस्ट फिल्डर वडा नं.९ का जीत भण्डारी, वेस्ट विकेट किपर वडा नं.४ का रविन मण्डल, वेस्ट बलर वडा नं.१० का तेज पौडेल, वेस्ट व्याचमेन वडा नं.१० का अमित राई र उदयिमान खेलाडि वडा नं.८ का चन्द्र खत्रीलाई पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय