
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबारे सेवा केन्द्रले मृतक ऋणी परिवारलाई आर्थिक राहत प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।
जुनेली महिला समूह नं.५५ की सदस्य चन्द्रकला झागरकाका श्रीमान् हरि झागरको दुई महिना अघि निधन भएपछि तिर्न बाँकी ऋणको बोझ परे पनि परिवारले कर्जा तिर्न नसक्ने अवस्था बनेको थियो।
यस्तो कठिन घडीमा संस्थाले “कर्जा सुरक्षा वितरण तथा वित्तीय साक्षरता कार्यक्रम” अन्तर्गत कुल ४ लाख ४० हजार रुपैयाँ बराबरको कर्जा सुरक्षा वापतको रकम फिर्ता गरी राहत प्रदान गरेको हो।
संस्थाका प्रतिनिधि तिलोचक तिम्सिनाले यो सहकार्य सहकारीको मानवीय पक्ष झल्काउने प्रेरणादायी कदम भएको बताए।