उर्लाबारी । मोरङको उर्लाबारी – ५ मा अवस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले केन्द्रगत साधारणसभा सुरु गरेको छ ।
आजदेखि केन्द्रगत साधारणसभा सुरु गरेको हो । पहिलो दिन संस्थाको कार्यालयमै वडा नं. ५, ६ र ७ का शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा भएको छ । शेयर सदस्यहरुको सुविधालाई ध्यान दिँदै व्यवस्थित र मर्यादित तरिकाले कार्यक्रम गर्ने नीति अनुसार केन्द्रगत रुपमा असोज ७ देखि १० गतेसम्म साधारणसभा तोकिएको अध्यक्ष डिबी थापाले जानकारी दिनुभयो ।

सहकारीको २६ औं वार्षिक साधारणसभाका लागि विभिन्न केन्द्र तोकिएको उहाँको भनाई छ । असोज ८ गते उर्लाबारी–१ का शेयर सदस्यका लागि शारदा मावि झारसाँदीमा, मिक्लाजुङका शेयर सदस्यका लागि बक्राहा मावि खामेझोडामा, उर्लाबारी–८ र ९ का शेयर सदस्यका लागि शिशु शिक्षा सदन दुर्गापुरीमा र रतुवामाईका शेयर सदस्यका लागि राष्ट्रनिर्माण बोर्डिङमा केन्द्र तोकी साधारणसभा गर्ने कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईको भनाई छ । यस्तै, असोज ९ गते उर्लाबारी–४ का शेयर सदस्यका लागि उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी वडा नं. २ र ३ तथा पथरीशनिश्चरेका शेयर सदस्यका लागि दुर्गा मन्दिर उर्लाबारी–३ मा केन्द्र कायम गरिएको अध्यक्ष थापाले बताउनुभयो । यी सबै केन्द्रमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सहभागिताका लागि संस्थाले शेयर सदस्यहरुलाई आग्रह गरेको संस्थाका व्यवस्थापक चक्रप्रसाद खड्काले जानकारी दिनुभयो । संस्थाको पूर्ण साधारणसभा असोज १० गते घटस्थापनाको दिन संस्थाको सभाहलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!