उर्लाबारी /धिमाल जातिय विकास केन्द्र, केन्द्रिय समितिले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” बाट नृत्यङ्गना सरस्वती धिमाललाई सम्मान गर्ने भएको छ ।
धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य माेहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले बेलबारी-१०, माटिगाउँ, मोरङकी  सरस्वति धिमाललाई सम्मान गर्ने निर्णय गरेको हो । गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा काेरियाेग्राफि गरेर नाम लेखाउन सफल सरस्वति धिमाल एक सफल नृत्यङ्गना हुनुहुन्छ । डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनकाे उपाधि विजेता उहाँले विभिन्न गितमा काेरियाेग्राफरकाे रुपमा काम समेत गर्नु भएकाे छ ।
धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य माेहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समिति नारायण राजदाेङ्गे, शंकर धिमाल, पुष्पा धिमाल, पितबहादुर धिमाल रहेका थिए ।
धिमाल जातीय विकास केन्द्रले युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेकाे महासचिव मातृका धिमालले जानकारी दिनुभयाे । यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दाे खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएकाे छ । पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओडाएर सम्मान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय