मोरङको उर्लाबारीमा आयोजित लिटिल प्रिन्स एण्ड प्रिन्सेस उर्लाबारी, सिजन–४ को ग्रान्ड फिनाले शुक्रबार साँझ भव्य रूपमा सम्पन्न भएको छ। उर्लाबारी–५ स्थित होटल ग्राण्डमा सम्पन्न प्रतियोगितामा खुसी राई लिटिल प्रिन्सेस तथा सौगात अधिकारी लिटिल प्रिन्स घोषित भएका छन्। विजेता दुवैले जनही रु. २० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा विजेताको ताज प्राप्त गरेका छन्।
प्रतियोगितामा गृसिका कार्की र प्रोत्साहन भट्टराई प्रथम रनरअप घोषित भए। उनीहरूले जनही रु. १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी अकृषा श्रेष्ठ र सतिस राई सेकेन्ड रनरअप बन्दै जनही रु. १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मानित भए। उर्लाबारीस्थित अल राउण्ड डान्स स्टूडियो को आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कलाकार टिका सानु ले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा विवश राई, रोशन मल्लीक, जोनी राई, सगुन भट्टराई र जस्मिन लिम्बू रहेका थिए। उनीहरूले सहभागीहरूको प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, सिर्जनात्मक लेखन तथा समग्र क्षमताको मूल्याङ्कनका आधारमा विजेता छनोट गरेका थिए।
प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीमध्ये उत्कृष्ट पाँच जना अन्तिम चरणमा पुगेका थिए। फाइनल राउण्डको प्रतिस्पर्धापछि विजेताहरूको घोषणा गरिएको थियो। कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापा, विभिन्न जनप्रतिनिधि, प्रायोजक संस्थाका प्रतिनिधि, समाजसेवी, युवा, अभियन्ता तथा नेपाल प्रहरीका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय