उर्लाबारी । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार ललित धिमाललाई प्रदान गरिएको छ ।
जात्री पर्व समापनको अवसरमा आज शारिरिक सुगठन प्रतियोगितामा विभिन्न उपाधि विजेता ललित धिमाललाई यस बर्षको धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पुरस्कृत भएका उर्लाबारी– ८ अठियाबारीका ललितलाई नगदसहित आल्गी धावा ओडाई सम्मान पत्रले प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मान गर्नुभयो । केही महिना अघि आयोजित १६ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ललित तौल समुहको विजेता र ओभरलमा उप–विजेता बन्नुभएको थियो । सो पुरस्कार हरेक वर्ष असार २ गते जातिरिर सिरिजात समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिदै आएको छ । यसअघि विकास धिमाल, रजिन धिमाल, मेचु धिमाल र दिपेन धिमालले सो पुरस्कारबाट पाइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय