उर्लाबारी । मोरङको उर्लाबारी मंगलबारे स्थित सालबारी एकता क्लवको आयोजनामा जारी सालबारी भेट्रान च्यालेन्ज कपको उद्घाटन खेलमा थापाचौक व्यापारी टिम र मदन भण्डारी शिक्षक टिम विजयी भएको छ ।
बुधबार भएको उद्घाटन खेलको पहिलो खेलमा थापचौक व्यापारी टिमले चन्दने टिमलाई १–० गोल अन्तरले विजयी बनेको हो । थापाचौकलाई जित दिलाउने क्रममा दोस्रो हाफको अन्तिम समयमा सगुन राईले गोल गर्दै टिमलाई अघिल्लो चरण प्रवेशको ढोका खोलेका थिए । राई खेलको म्यान अफ दि म्याच पनि घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा मगलबारे व्यापारी टिमलाई मदन भण्डारी शिक्षक टिमले २ गोल गर्दै जित हासिल गरेको छ । मदन भण्डारीका लागि खेलको दास्रो हाफमा अर्जुन श्रेष्ठ र प्रशान्त कार्कीले गोल गर्दै आफ्नो टिमलाई २–० को नतिजा निकाल्दै सहज जित निकालेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच मदन भण्डारी शिक्षक टिमका अमन राज माझी बने ।
आजदेखी संचालन भएको प्रतियोगितामा उर्लाबारी मंगलबारेका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजयी टिमले नगद १२ र उपविजेतले नगद ९ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सालबारी एकता क्लवका अध्यक्ष विजयी माझीले बताए ।
प्रतियोगिता अन्र्तगत भोलिको पहिलो खेल मंगलबारे भेट्रान टिम र सुनझोडा भेट्रान टिमका विच हुने भएको छ भने दोस्रो खेल मंगलबारे बोर्डिङ शिक्षक टिम र थापाडागी भेट्रान टिमका विचमा क्वलका सचिव सुजितसिह राजपुतले बताए । प्रतियोगिताको फाइनल खेल आउदो शनिबार सम्पन्न हुने भएको छ । खेल उर्लाबारीको सालबारी रंगशालामा भएको थियो ।
उद्घाटन खेलका प्रमुख अथिती उर्लाबारी वडा नम्वर–३ का अध्यक्ष भिष्मराज बुढाथोकीले कार्यक्रममा सम्वोधन गर्दै वडाको तर्फबाट खेलकुदको विकासकालागि सालबारी एकता क्वललाई पुर्ण सहयोग गर्नुका साथै फुटवल सामाग्रीहरु उपलव्ध गराउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय