उर्लाबारी । मोरङको उर्लाबारीका युवा प्रेम बर्देवाले मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
उर्लाबारी–६ निवासी ३४ बर्षीय बर्देवाले पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले अरुले गर्दैन् भनेर चुप बस्ने हो भने देशको अवस्था कहिल्यै नफेरिने तर्क गर्नुभयो । बर्देवाले आफु दलको विकल्पको रुपमा राजनीतिमा होमिन लागेको बताउनुभयो । उहाँले आफुले समग्र युवाहरुको सोच र विचारलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभयो ।
स्वतन्त्र उम्मेद्वारहरु राजनीतिक दलविरुद्ध उभिनुपर्ने उहाँको भनाइ थियो । देशमा धेरैपटक विभिन्न प्रकारका आन्दोलन भएर व्यवस्था फेरिएको तर जनताका अवस्था उस्तै रहेको उहाँको गुनासो छ । बर्देवाले आफुले ५ वर्षे कार्यकालमा गर्ने कामले देशले पनि केही सिक्नेसमेत दाबी गर्नुभयो । उहाँले दल र यसमा आवद्ध नेताहरुले आफ्नो स्थानमा बसेर नैतिकता राखेर राजनीति गरिदिएको भए आफुजस्ता युवाहरु राजनीतिमा होमिन नपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘यो हाम्रो हरेक युवाको विडम्बना हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!