उर्लाबारी । मोरङको उर्लाबारीमा मंसिर १६ गतेदेखि प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी भेट्रान क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रदेश १ का १२ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष दिपक पोमुले बताउनुभयो । उर्लाबारी नगरपालिका, विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफि प्राप्त गर्ने अध्यक्ष पोमुले जानकारी दिनुभयो । मंसिर २७ गतेसम्म हुने प्रतियोगिताको लागि ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघ मोरङका अध्यक्ष संजिव बुढाथोकी, उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता भिष्म बुढाथोकी, सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्ष घनश्याम भण्डारीलगागयतले बोल्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय