उर्लाबारी । मोरङको उर्लाबारीमा जारी पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको आइतबारको खेलमा उर्लाबारी वडा नं. १ विजयी भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माबिको खेलमैदानमा भएको खेलमा उर्लाबारी वडा नं. ७ लाई ४–० गोल अन्तरले पराजित गर्दै वडा नं. १ विजयी भएको हो । वडा नं. १ विजयीसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नं. १ ले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो भने वडा नं. ७ ले गोल फर्काउन सकेन ।
खेलको म्यान अफ दी म्याच उर्लाबारी–१ का रोहन चौधरी भए । उनले नगद १ हजार ५ सय पाए । सोमबारको खेलमा उर्लाबारी नगरपालिका वडा नं. ४ र ५ बीच भिडन्त हुने कार्यक्रम संयोजक विशाल तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय