
उर्लाबारी । मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु भएको छ ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा मोरङको कानेपोखरीस्थित रमाइलोमा भएको उद्घाटन खेलमा विराटनगरको रानी युवा क्लबले विजयी सुरुवात गरेको छ । रानीले कानेपोखरीको रमाइलो युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । रानीका मनोज गुरुङले दुई गोल गरे भने रमाइलोका उदीप लिम्बूले गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा रानीका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
यस्तै, दोस्रो खेलमा बेलबारीको एम्ब्रीयो युवा क्लब विराटनगरको त्रिवेणी बाचनालयमाथि ३–१ गोल अन्तरले विजयी बन्यो । एम्ब्रीयोका मिक्सन दासले दुई गोल गर्दा थप एक गोल बिर्ख आलेले गरे । त्रिवेणीका इन्द्र राईले सान्त्वना गोल गरे । खेलमा एम्ब्रीयोका मिक्सन दास म्यान अफ दी म्याच घोषित भए ।
खेलको कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण कुमार बस्नेत( परशुराम) ले उद्घाटन गर्नुभएको थियो भने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीको सभापतित्वमा भएको थियो ।