
उर्लाबारी । मोरङमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा आइतबार चार खेल भएका छन् ।
मोरङको बेलबारी र बिराटनगरमा जारी ए डिभिजन लिग फुटबलमा ४ खेल भएको हो । बेलबारीमा भएको पहिलो खेलमा सम्राट स्पोर्टिङ क्लबले मुनाल स्पोर्टिङ क्लबलाई ४–१ ले पराजित गरेको छ । उक्त खेलको म्यान अफ द म्याच सम्राट स्पोर्टिङका जर्सी नं. ४ का कर्मा तामाङ भए ।
त्यस्तै, दोस्रो खेलमा बेलबारी फुटबल क्लबले युनाईटेड स्पोट्र्स क्लबललाई २–० ले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच बेलबारी फुटबल क्लबका जर्सी नं. ४ का सन्देश कार्की सफल भए ।
त्यस्तै, बिराटनगर सहिद मैदानमा भएको पहिलो खेलमा चारतारे युवा क्लबले नब प्रगतिशील युवा समाज क्लबलाई ३–० ले पराजित गरेको छ । उक्त खेलको म्यान अफ द म्याच चारतारे युवा क्लबका सागर तिवारी भए ।
त्यस्तै, दोस्रो खेलमा मोतिराम स्पोर्टिङ क्लबले श्रीहरैचा स्पोट्र्स क्लबलाई ४–१ ले पराजित गरेको छ । उक्त खेलको म्यान अफ द म्याच मोतीराम स्पोर्टिङ क्लबका पारस लिम्बू भए । मोरङ जिल्ला फुटबल संघको आयोजनामा ए डिभिजन लिग सञ्चालन भइरहेको छ ।