उर्लाबारी । मोरङ बी डिभिजन लिग फुटबल प्रतियोगिताको सोमबारको खेलमा रानी युवा क्लब विराटनगर र त्रिबेणी बाचनलय विजयी भएका छन् ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा कानेपोखरीस्थित रमाईलो खेलमैदानमो पहिलो खेलमा रानी युवा क्लबले एम्ब्रियो युवा क्लबलाई ३–० ले पराजित गरेको छ । रानी युवा क्लबको जितका लागि अन्कित लिम्बूले दुई र मौसम लिम्बूले एक गोल गरे । पहिलो खेलको म्यान अफ द म्याच अन्कित लिम्बू भए ।
त्यस्तै, सोमबार नै भएको अर्को खेलमा त्रिबेणी बाचनलयले रमाइलो युवा क्लबलाई ४–० ले पराजित गरेको छ । त्रिवेणीका लागि युबराज श्रेष्ठले दुई, सुजन राई र इन्द्र राईले एक–एक गोल गरे । दोस्रो खेलको म्यान अफ द म्याच त्रिबेणीका केशब बिक भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय