सुनसरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे बसपार्क स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ९ बजे लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय दिवस भण्डारी, ४० बर्षीय अनिल राई, २४ बर्षीय संगम राई र कानेपोखरी गाउँपालिका-२ मोरङका २६ बर्षीय देवेन्द्र बुढाथोकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय