मोरङ — राष्ट्रिय छुवाछूत तथा भेदभाव उन्मुलन दिवसको अवसरमा समता समाज नेपालले आगामी जेठ १९ गतेदेखि ‘समता कप फूटसल प्रतियोगिता २०८२’ आयोजना गर्ने भएको छ।
बिराटचोकको प्लानेट रिक्रिएसन सेन्टरमा हुने प्रतियोगितामा विजेता टोलीलाई नगद रु ३०,००० र उपविजेतालाई रु १५,००० पुरस्कार प्रदान गरिनेछ।
संस्थाका अध्यक्ष उमेश बिस्वकर्माका अनुसार प्रतियोगिताको उद्देश्य जातीय छुवाछूत, विभेद र सामाजिक असमानताविरुद्ध युवामाझ सकारात्मक सन्देश फैलाउनु हो। “खेलमार्फत समाजमा समानता, समावेशिता र एकता प्रवर्द्धन गर्ने हाम्रो अभियान हो,” अध्यक्ष बिस्वकर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय