दिपेन्द्र बराईली  । मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती खेलमैदानमा कञ्चनजंघा देवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा प्रथम कञ्चनजंघा नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता यही जेठ १० गतेदेखि सुरु हुनेछ भने प्रतियोगिताको फाइनल खेल जेठ १८ गते हुनेछ । खेल २० ओभरको हुनेछ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालन गरिनेछ। यद्यपि, LBW नियम भने लागू गरिने छैन। प्रतियोगिता एक दिनमा दुई खेलको स्वरूपमा सञ्चालन हुनेछ, बिहान ८:३० बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछ।

प्रतियोगिताको विजेता टिमले रु. ५५,५५५ नगद सहित ट्रफी, र उपविजेताले रु. ३३,५५५ नगद सहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिजको उपाधिसमेत प्रदान गरिनेछ। कार्यक्रममा प्रतियोगिताका लागि तयार पारिएको आकर्षक जर्सी समेत सार्वजनिक गरियो। समूहका अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिता सञ्चालनमा रु. ३ लाख ५० हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक बनेको छ भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह-प्रायोजकका रूपमा रहेको छ। प्रतियोगितामा कुल १६ वटा टिमको सहभागी हुनेछ । त्यस्तै प्रतियोगितालाई सफल बनाउनका निम्ति ब्यक्तिगत संस्थागत सहयोगको रुपमा आर्थिक ब्यवस्थापन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय